काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनलको १५ औं संस्करणमा सहभागी हुन मिस्टर इन्टरनेसनल नेपाल अभिषेक चुडाल फिलिपिन्सको मनिला पुगेका छन् ।
अक्टोबर ८ देखि २२ सम्म मनिलामा हुने स्पर्धामा उनले सहभागिता जनाउँदैछन् । विभिन्न ३५ देशका पुरुष प्रतियोगिताले भाग लिने फिनालेमा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गर्नेछन् ।
नेपालसहित ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआईले मिस्टर इन्टरनेसनलको फ्रेन्चाइज सञ्चालन गर्दै आएको छ । सोहीअनुसार प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको संस्थाका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए ।
प्रतियोगितामा यसअघि रोकेश तण्डुकार, साजित आलम र प्रशान्तजंग शाहलाई सहभागी गराएको र रोकेशले राष्ट्रिय पोशाक विधाको टाइटल चुमिसकेको उनले जानकारी गराए । अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले सम्पन्न गरिसकेका छन् ।
साथै सोही संस्थाले सन् २००३ देखि पुरुष सौन्दर्य प्रतियोगिता म्यान हन्ट नेपालसमेत आयोजना गर्दै आएको छ ।