शनिबार, मंसिर ८ गते २०८१

सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्नका लागि 'नयाँ पुरानो' एप बजारमा

सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्नका लागि 'नयाँ पुरानो' एप बजारमा

अखबार दैनिक
बिहीबार , असोज ११ २०८०
  • सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्नका लागि 'नयाँ पुरानो' एप बजारमा

    काठमाडौँ । नयाँ पुरानो इलेक्ट्रो टेक प्रा.लि.ले सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्नका लागि 'नयाँ पुरानो' एप बजारमा ल्याएको छ। एप प्लेस्टोर र एपस्टोरबाट डाउनलोड़ गर्न सकिनेछ । जसबाट आफूले प्रयोग गर्दै गरेको स्मार्टफोनको मूल्य थाहा पाउन सकिनेछ भने यदि एपले दिएको मूल्य उचित लागेमा कम्पनीले पुरानो मोबाइल तुरुन्तै किन्ने छ। 

    images

    अब आफ्नो घरमा भएका पुराना मोबाइलहरु बेच्न कतै जानु नपर्ने र कम्पनी घर मै मोबाइल लिन आउने र पैसा पनि बैंक खातामा हालिदिने व्यवस्था मिलाइएको जानकारी संचालक अभिषेक अग्रवालले बताए । त्यसैगरी यदि पुरानो मोबाइल किन्नका लागि कम्पनीको वेबसाइट https://nayapurano.shop/  माभिजिट गर्न सकिनेछ । सेबसाइटबाट सबै टेस्टहरु भएको र राम्ररी जाँच गरेको पुराना समार्ट्फ़ोन सजिलै किन्न सकिने उनको भनाइ छ । 

    अब मोबाइल बेच्न बजारको दसौँ पसल घुम्दै सबै भन्दा राम्रो दाम दिने पसल खोज्दै जानु नपर्ने उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ