आइतबार, मंसिर ९ गते २०८१

‘पशुपति प्रसाद २ : भष्मे डन’ को विदेश बुकिङ खुल्ला

‘पशुपति प्रसाद २ : भष्मे डन’ को विदेश बुकिङ खुल्ला

अखबार दैनिक
बिहीबार , असोज ११ २०८०
  • ‘पशुपति प्रसाद २ : भष्मे डन’ को विदेश बुकिङ खुल्ला

    काठमाडौंँ । आगामी कार्तिक ४ बाट सार्वजनिक प्रदर्शनमा आउँने तयारीमा रहेको फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ । दीपेन्द्र के.खनाल निर्देशित फिल्म प्रति दर्शकको उच्च अपेक्षा छ । फिल्म नेपालमा मात्र नभएर विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।

    images

    रिलिजको एक महिना अगाडि नै फिल्मको विदेश टिकट बुकिङ खुल्ला गरिएको छ । निर्माण टिमले जानकारी गराएअनुसार फिल्मको  अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायतका देशमा एक महिना अगाडि नै टिकट बुकिङका खुल्ला गरिएको छ ।

    फिल्म अष्ट्रेलियाको मेलर्वनको चाइना टाउनमा अक्टोबर २३ तारिखमा प्रिमिएर हँुदैछ । यस्तै २५ र ३० अक्टोबरको अलवा ५ नोभेम्बरका लागि समेत अग्रिम टिकट खुलेको छ । 

    त्यस्तै जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा सिनेमा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिजका लागि शो खोलिएको छ ।  अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो नै सुरु हुँदैछ ।

    अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । चाँडै अमेरिका, क्यानडा, युरोपका पनि टिकट बुकिङ खोल्ने तयारी भएको निर्माण युनिटले जनाएको छ । ‘पशुपति प्रसाद’ को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म रिलिज भएको हो ।

    फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय देख्न सकिन्छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटीको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

    टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत फिल्ममा छ ।  फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार