आइतबार, मंसिर ९ गते २०८१

‘परदेशी–२’ सबैले हेर्न पाउने

‘परदेशी–२’ सबैले हेर्न पाउने

अखबार दैनिक
मंगलबार, असोज ९ २०८०
  • ‘परदेशी–२’ सबैले हेर्न पाउने

    काठमाडौँ । आउँदो २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘परदेशी–२’ सेन्सर पास भएको छ ।

    images

    फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । फिल्म १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको साथमा हेर्न मिल्ने छ । 

    फिल्मको प्रशंसा गर्दै सेन्सर बोर्डले सबैका लागि प्रदर्शन अनुमति दिएको निर्माता राजेश वंशलले बताए । ‘सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गर्दै बिना काटछाट सेन्सर पास गरे’, बैशलले थपे, ‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो ।’ 

    नारायण रायमाझीले निर्देशन गरेकाे फिल्मको सेन्सरमा निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलको धारणा छ । 

    फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दीलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

    गायनमा स्थापित प्रकाशको यो अभिनयमा डेब्यु फिल्म हो । गायन झैँ फिल्म अभिनयबाट पनि आफूले राम्रो चर्चा पाउने विश्वास प्रकाशले लिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार