शनिबार, मंसिर ८ गते २०८१

राष्ट्र बैंकले आज १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

अखबार दैनिक
सोमबार, असोज ८ २०८०
  • राष्ट्र बैंकले आज १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले असोज ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको कूल १८ अर्ब ७१ करोड२५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । 

    images

    तथापि, नयाँ नभएर पुरानो ट्रेजरीको नवीकरण गर्ने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि केन्द्रीय बैंकले असोज १ गते १६ अर्ब८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ