शनिबार, वैशाख ७ गते २०८२

तीज नृत्य प्रतियोगितामा कौशल माध्यामिक विद्यालय प्रथम

तीज नृत्य प्रतियोगितामा कौशल माध्यामिक विद्यालय प्रथम

अखबार दैनिक
शुक्रबार, भदौ २९ २०८०
  • तीज नृत्य प्रतियोगितामा कौशल माध्यामिक विद्यालय प्रथम

    काठमाडौँ । प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा कौशल माध्यामिक विद्यालयले जितेको छ । राजधानीमा आयोजित २० विद्यालयका छात्राहरुको सहभागी रहेको प्रतियोगितामा नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तेस्रो भएको छ ।

    images

    नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेशका प्रदेशसभा सदस्य इन्जिनियर अमन मास्के, नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, तार्केश्वोर नगर कमिटी सल्लाकार एवं वरिष्ठ कलाकार उत्तम केसी, हिम रश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का लगायतको कार्यक्रममा सहभागी रहेका थिए ।

    school-level-teej-dance-competition-(1)_p6JdgRb0v2.webp

    विभिन्न चरणको नृत्य प्रतियोगितासहित विजेता छानिएको कार्यक्रममा विजेताले ट्रफिको अलवा बिभिन्न उपहारसमेत प्राप्त गरेका छन् । विद्यालयमा अध्ययनरत छात्रालाई तीज संस्कृतिको जानकारी दिँदै नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजक टेकबहादुर लामाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ