शनिबार, मंसिर ८ गते २०८१

सुनचाँदी बजार : सुनको मूल्य स्थिर रहँदा चाँदीमा प्रतितोला ५ रुपैयाँको बढोत्तरी

सुनचाँदी बजार : सुनको मूल्य स्थिर रहँदा चाँदीमा प्रतितोला ५ रुपैयाँको बढोत्तरी

अखबार दैनिक
मंगलबार, भदौ २६ २०८०
  • सुनचाँदी बजार : सुनको मूल्य स्थिर रहँदा चाँदीमा प्रतितोला ५ रुपैयाँको बढोत्तरी

    काठमाडौं। मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीमा भने ५ रुपैयाँले बढोत्तरी छ। सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    गत शुक्रबार १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आइतबार १ लाख ११ हजार ९०० रुपैयाँमा झरेको थियो। सोमबार सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो।

    चाँदीको मूल्यमा फराकिलो अन्तरको घटबढ छैन। सोमबार १४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सामान्य बढोत्तरी पछि मंगलबार १४०५ रुपैयाँ पुगेको छ।

    त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९२१.७५ डलरले कारोबार भइरहेको छ। यो अघिल्लो दिनका तुलनामा घटेर कारोबार भएको अवस्था हो। सोमबार सुन प्रतिऔंस १९२७.६१ डलरले कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतिऔंस २३.१२ डलरले कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ