शनिबार, जेठ ५ गते २०८१

नेपाली क्रिकेट टोलीलाई हौसला दिन श्रीलंका पुगिन् वर्षा

नेपाली क्रिकेट टोलीलाई हौसला दिन श्रीलंका पुगिन् वर्षा

अखबार दैनिक
सोमबार, भदौ १८ २०८०
  • नेपाली क्रिकेट टोलीलाई हौसला दिन श्रीलंका पुगिन् वर्षा

    काठमाडौं । २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोली भारतसँग आमनेसामने हुँदैछ । एसिया कप अन्तर्गत श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशालामा नेपाली समयानुसार सोमबार दिउँसो ३ बजे खेल हुँदैछ ।

    images

    नेपाली टोलीलाई हौसला दिन रास्वपा अध्यक्ष रवि लामिछानेदेखि काठमाडौं महानगरका मेयर बालेन साह पनि कोलम्बोमा छन् । यो मेसोमा नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी पनि कोलम्बो पुगेकी छन् । फिल्म निर्माता तथा अभिनेता स्वतन्त्रप्रताप शाह पनि कोलम्बो पुगेका छन् ।

    Swotantra_pratap-shah-1536x1152.jpg

    स्वतन्त्रले कोलम्बो पुगेर नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीलाई राष्ट्रिय झण्डा प्रदान गरे । अभिनेत्री सिवाकोटीले पनि कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा भन्दै उनले फोटो सेयर गरेकी छन् । वर्षा खेलमा रुचि राख्ने अभिनेत्रीमध्ये पर्छिन् ।

    पाकिस्तानमा भएको एसिया कपको उद्घाटन समारोहमा गायिका त्रिशला गुरुङले गीत प्रस्तुत गरेकी थिइन् । एसियाको समूह एमा नेपाल भारत र पाकिस्तानसँग एउटै समूहमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार