आइतबार, मंसिर ९ गते २०८१

नारायण रायमाझी एकल साँझको पैसा सामाजिक कार्यमा लगाइने

नारायण रायमाझी एकल साँझको पैसा सामाजिक कार्यमा लगाइने

अखबार दैनिक
आइतबार, भदौ १७ २०८०
  • नारायण रायमाझी एकल साँझको पैसा सामाजिक कार्यमा लगाइने

    काठमाडौँ । वरिष्ठ सङ्गीतकार तथा गायक नारायण रायमाझीको एकल साँझ ‘नारायण रायमाझी साङ्गीतिक साँझ २०८०’ बाट उठेको रकम सामाजिक कार्यमा लगाइने भएको छ । एकल साँझको  खर्च कटाएर उठको रकम सबै सामाजिक कार्यमा लगाइने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।

    images

    ‘केही अगाडिको प्रेस मिटमा अग्रज सङ्गीतकार तथा गायक नारायण रायमाझीले एकल साँझबाट उठेका रकम खर्च कटाएर प्रतिष्ठानलाई दिने बताउनु भएको थियो’, अध्यक्ष थापा मगरले भनिन् ‘रायमाझीबाट प्रतिष्ठानलाई के कति प्राप्त हुन्छ । त्यो पैसा नारायण रायमाझी पुस्तकालय स्थापना तथा स्वर्गीय कलाकारको सन्तानको अध्ययनमा खर्च गर्ने सोच हाम्रो छ ।’ यस विषयमा प्रतिष्ठानका साथीहरूसँग छलफल समेत भइरहेको उनले जानकारी दिइन् । भनिन्, ‘एकल साँझमा कति खर्च भयो, कति उठ्यो भनेर हिसाब गर्न बाँकी छ । त्यो सबै पारदर्शी हुन्छ ।’

    प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार नारायण रायमाझी साङ्गीतिक साँझ २०८०’ आयोजना गरेको थियो । यो एकल साँझमा गायक तथा सङ्गीतकार रायमाझीको पनि जीवनकै पहिलो एकल साँझ थियो । कार्यक्रम हेर्ने देशभरबाट सर्वसाधारण सहभागी थिए । कार्यक्रमको हलमा सबै नअट्ने भएकोले प्रतिष्ठानले हल बाहिर डिजिटल बोर्ड मार्फत हेर्न मिल्ने व्यवस्था गरेको थियो । कार्यक्रममा रायमाझीले आफ्ना कालजयी गीत दर्शकलाई सुनाएका थिए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल सरकारको उच्वपदस्थ पदाधिकारी, गीतसङ्गीत क्षेत्रका वरिष्ठदेखि कनिष्ठ व्यक्तिसम्मको उपस्थिति कार्यक्रममा रहेको थियो ।

    कार्यक्रममा रायमाझीले आफ्ना हिट गीत सम्झी रेलीमै, फुलबुट्टे चोलीमा, राम्दी पुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत गाएर दर्शकको मन जितेका थिए ।

    रायमाझीको हरेक गीतको प्रस्तुतिमा दर्शकबाट हुटिङर तालिको साथ रहेको थियो । कार्यक्रममा शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटा लगायतले एकल साँझमा रायमाझीलाई साथ दिएका थिए ।

    कार्यक्रममा रायमाझी निर्देशित आगामी कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’को पनि प्रचार प्रसार समेत गरिएको थियो । रायमाझीले यस अगाडि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ नामक दुई हिट फिल्म दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार