आइतबार, मंसिर ९ गते २०८१

हाँस्यकलाकारहरुले यसपालिको गाईजात्रा प्रज्ञा भवनमा गर्ने, पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइदिने

हाँस्यकलाकारहरुले यसपालिको गाईजात्रा प्रज्ञा भवनमा गर्ने, पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइदिने

अखबार दैनिक
बुधबार, भदौ १३ २०८०
  • हाँस्यकलाकारहरुले यसपालिको गाईजात्रा प्रज्ञा भवनमा गर्ने, पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइदिने

    काठमाडौं। ब्रान्ड वर्थ प्रा.लि. को आयोजनामा यस वर्षको गाईजात्रा नेपाल प्रज्ञा भवनमा हुने भएको छ । हिजो मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाँस्यकलाकारहरुले गाईजात्राको कार्यक्रमबारे जानकारी गराएका हुन् ।

    images

    ब्राण्ड वर्थका प्रमुख मोहन गजुरेलले यसवर्ष प्रज्ञा भवनसहित देशमा विभिन्न सहरमा गाईजात्रा देखाइने बताए । हाँस्यकलाकारहरुले विराटनगर, बर्दिबास र चन्द्रनिगापुरमा गाईजात्रा कार्यक्रम सकेर आएको बताए । काठमाडौंमा १४ गतेदखि १७ गतेसम्म प्रज्ञा भवनमा गाईजात्रा प्रस्तुत गरिने उनले बताए । हाँस्यकलाकार शैलेन्द्र सिंखडाले गाईजात्रा डबलीबाट रङ्गमञ्चमा २०३३ सालमा पुगेको बताए । उक्त काम सत्यमोहन जोशीले गरेको उनले स्मरण गरे ।

    hasya kalakar  (2).jpg
    आफुले २०३७ सालबाट गाईजात्रा गर्ने गरेको भएपनि बीचमा कोरोनाको कारण दुई वर्ष डिजिटल माध्यमबाट गाईजात्रा देखाएको बताए । ‘मैले २०३७ुसालबाट गाईजात्रामा कार्यक्रम गरेको, अहिलेसम्म निरन्तरता थियो । कोभिडको कारणले दुई वर्ष बीचमा छुट्यो । त्यो छुट्दा पनि ब्रान्ड वर्थ प्रा.लि. ले डिजिटल माध्यमबाट दर्शक समक्ष पुर्याउने काम गर्यो,’– उनले भने ।

    उनले ब्राण्ड वर्थ प्रा.लि. का प्रोपाइटर मोहन गजुरेलको प्रस्तावमा अहिलेको गाईजात्राका गर्न लागेको बताए । आफुले गरेको यो गाईजात्रा चौथो पुसस्तासँगको भएको बताउँदै उनले पुस्ता हस्तान्तरी कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइँदिने बताए ।

    मैले गरेको गाईजात्रा हो, चौथो पुस्तासँगको गाईजात्रा हो । राजपाल हाडा दाई, मोहन दाई, हरि दाई, सन्तोष दाई तीते जिरे मेरीबास्सै र यो समेत गरेर मेरो यो चौथो पुस्तासँगको गाईजात्रा हो । पुस्ता कसरी हस्तान्तरण हुन्छ भनेर हामी नेताहरुलाई देखाईन्छौं,’– उनले भने । संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको प्रमुख उद्देश्य भएको उनको भनाई छ ।

    Group photo2.jpg

    अर्का हाँस्यकलाकार मनोज गजुरेलले गाईजात्राको परम्परालाई जोड्न र पुस्ता हस्तान्तरणको सन्देश दिनका लागि यो वर्षको गाईजात्रा आयोजना गरेको बताए । कार्यक्रममा उपस्थितिका लागि उनले सबैलाई आग्रह गरे ।

    कार्यक्रम प्रज्ञा भवनमा १४ गते दिउँसो र बेलुका गरी दुई शो, १६ गते एक शो र १७ गते दुई शो मा प्रस्तुत हुनेछ । कार्यक्रममा वरिष्ठ संगितकार टीका भण्डारी, हाँस्यकलाकारहरु सुवोध गौतम, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल, रुविना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार