बुधबार, कात्तिक ७ गते २०८१

शम्भुजितको संगीतमा प्रमोदले ल्याए ‘गंगा जमुना’

शम्भुजितको संगीतमा प्रमोदले ल्याए ‘गंगा जमुना’

अखबार दैनिक
आइतबार, भदौ १० २०८०
  • शम्भुजितको संगीतमा प्रमोदले ल्याए ‘गंगा जमुना’

    काठमाडौं । गायक प्रमोद खरेलले रोमान्टिक डान्सिङ ट्रयाक ‘गंगा जमुना’ सार्वजनिक गरेका छन् । शम्भुजित बासकोटाद्वारा संगीतबद्ध गीतमा राजेन्द्र थापाको शब्द र खरेलको स्वर समावेश छ ।

    images

    प्रमोदको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा प्रमोदसहित दिलिप रायमाझी, उषा उप्रेती र अञ्जली अधिकारी फिचर्ड छन् । पाका संगीतकार बासकोटाले आफ्नै स्टाइलमा गीत कम्पोज गरेका छन् ।

    त्यसमा प्रमोदले आफ्नै गायकी प्रस्तुत गरेका छन् । मदिरामार्फत प्रेमभाव चित्रण गरिएको यो गीत डान्सका लागि उत्कृष्ट ट्रयाक बन्नसक्छ । राजिव समरले सोही शैलीमा भिडियो निर्देशन र कोरियोग्राफी गरेका छन् ।

    हेर्नूस गीत :-

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ