बुधबार, कात्तिक ७ गते २०८१

मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

अखबार दैनिक
आइतबार, भदौ १० २०८०
  • मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

    पोहोर पनि नाचियो, परार पनि नाचियो
    यसपालि झनै नाच्ने हो, नाचेको नाच्यै गर्ने हो
    मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो

    images

    गायिका मिलन नेवारले यस वर्षको तीजका लागि सार्वजनिक गरेको गीतका शब्द हुन् यी । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यो गीतमा नाचेर, रमाएर शिवलाई खुसी पार्ने भाव समेटिएको छ । गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

    ‘आमाले किन्देको पोहोरको सारी चिटिक्कै पारी लाउने हो, तीजको बेला तीजको मेला तीजैको गीत गाउने हो’ भन्दै तीजलाई खर्चिलो र भड्किलो होइन, सामान्य ढंगले रमाइलो गरी मनाउन आग्रह समेत गरिएको छ ।

    गीतको भिडियोमा शिवको स्तुति गर्दै नाचिरहेको भूमिकामा मिलन स्वयं फिचर्ड छिन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ