आइतबार, जेठ ६ गते २०८१

टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

अखबार दैनिक
शुक्रबार, भदौ ८ २०८०
  • टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

    टर्की । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । 

    images

    बिहीवार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका हुन् । उनले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र कयौँ घरहरुमा क्षति गरेको बताए । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । 

    डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । ती मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार