आइतबार, वैशाख ८ गते २०८२

१.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र हाइड्रोपावरमा उच्च गिरावट

१.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र हाइड्रोपावरमा उच्च गिरावट

अखबार दैनिक
बिहीबार , भदौ ७ २०८०
  • १.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र हाइड्रोपावरमा उच्च गिरावट

    ७ भदौ, काठमाडौं । पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पुनः गिरावट भएको छ । लगातार घटेर २ महिनापछि गत सोमबार २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार बढेको थियो । तर, बिहीबार पुनः घटेको हो ।

    images

    बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ को विन्दुमा बन्द भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्से १.५४ प्रतिशतले गिरावट भएको हो ।

    नेप्सेमा सम्पूर्ण उपसूचमा गिरावट भएका छन् । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट हुँदा बुधबार सबैभन्दा धेरै बढेको हाइड्रोपावर उपसूचक बिहीबार २.५० प्रतिशतले गिरावट भएको छ । जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ । सोल्टी होटलको सर्वाधिक ७ करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख र शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


    बिहीबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको स्थिर छ ।

    नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएसँगै लगातार सकारात्मक सर्किट लाग्दै आएको कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य बिहीबार पनि ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै मकर जितुवामाई सुरु हाइड्रोपावरको सेयरमूल्य ५.९९ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य १.९९ प्रतिशतले वृद्धि भएको छ ।

    यता मोलुङ हाइड्रोपावरको सेयरमूल्य ८.५४ प्रतिशतले गिरावट हुँदा समता घरेलु लघुवित्तको सेयरमूल्यमा ८.०९ प्रतिशतले गिरावट भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ