बुधबार, मंसिर ५ गते २०८१

जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुने

जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुने

अखबार दैनिक
शुक्रबार, भदौ १ २०८०
  • जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुने

    काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । कोषले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अवार्डमा सहभागी हुन इच्छुक स्रष्टा तथा कलाकारले भदौ १५ गतेभित्र फारम भरिसक्नुपर्ने जानकारी दिएको छ ।

    images

    अवार्ड कार्यक्रममार्फत रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको र अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि पनि सहजीकरण हुने आशा लिइएको कोषका अध्यक्ष सिजम सिञ्जालीले बताए ।

    आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने जनाइएको छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विधामा अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रमका संयोजक हरि पुडासैनीले जानकारी दिए ।

    आवेदनका लागि अग्लेश्वरी हिल्सको वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने जनाइएको छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको पर्यटन प्रवर्द्धनमा खर्च गरिने सिञ्जालीले बताए ।

    सिंजालीले २०७८ पुसमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’को पहिलो संस्करण आयोजना गरेका थिए । काठमाडौंको सोल्टी होटलमा आयोजित पहिलो अवार्ड कार्यक्रमा गीत-संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ