बुधबार, मंसिर ५ गते २०८१

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

अखबार दैनिक
शुक्रबार, भदौ १ २०८०
  • सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

    साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। 

    बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ