बुधबार, मंसिर ५ गते २०८१

नेपालमा उत्पादन भएको गोलभेँडा  भारतमा  निर्यात हुन थाल्यो

नेपालमा उत्पादन भएको गोलभेँडा  भारतमा  निर्यात हुन थाल्यो

अखबार दैनिक
मंगलबार, साउन ३० २०८०
  • नेपालमा उत्पादन भएको गोलभेँडा  भारतमा  निर्यात हुन थाल्यो

    काठमाडौँ । कृषि मन्त्रालयले  नेपालमा उत्पादन भएको गोलभेँडा  भारतमा  निर्यात हुन थालेको जनाएको छ । साउन २८ गते सम्ममा काँकडभित्ता  र भैरहवा नाकाबाट गरी करिब  ३०  मेट्रिक टन गोलभेँडा निर्यात भएको छ ।

    images

    गोलभेँडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर  सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको थियो । 

    भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ ।  यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार भई कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ