आइतबार, जेठ ६ गते २०८१

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

अखबार दैनिक
शुक्रबार, साउन २६ २०८०
  • अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

    २६ साउन, काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    images

    आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।

    Hawai-Fire-2.jpg

    हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।

    यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस आगलागीबाट १ हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन् ।

    उनले आगलागीलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भनेका छन् । उनले आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

    Hawaii_fire_Nasa.jpg

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगोको परिमाण देखाउने तस्बिर सार्वजनिक गरेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईको जंगलमा लागेको आगलागीलाई ठूलो प्रकोप घोषणाको संज्ञा दिएका छन् ।

    आगलागीपछि हजारौं पर्यटक र स्थानीय मानिसहरूलाई अस्थायी आश्रयमा सारिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार