बुधबार, मंसिर ५ गते २०८१

'माउन्ट केटु'को सफल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा सम्मान

'माउन्ट केटु'को सफल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा सम्मान

अखबार दैनिक
बुधबार, साउन २४ २०८०
  • 'माउन्ट केटु'को सफल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा सम्मान

    काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल  पाकिस्तानस्थित 'माउन्ट केटु'को सफल आरोहण गरि फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन्। पूर्णिमाले गत साउन ११ गते  ८ हजार ६ सय ११ मिटर अग्लो  केटु हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् । 

    images

    0505bcbf-c658-48d2-97b8-2e4c08f78e00_UHDl7n4nXu.jpg

    चौध वटा अग्ला हिमालमध्ये सबैभन्दा काथिन मानिने केटुलाई माउन्टेन किलर भनेर समेत चिनिन्छ।  ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् । 

    पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन्। आज स्वदेश फकिएकी उनलाई विमानस्थलमा स्वागत गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ