पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् । बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् । धामीमाथि आपराधिक लाभ कसुरको उजुरी परेको प्रहरीले जनाएको छ ।
‘अदालतको गेटमा न्याय दे भनेर विष सेवन गरे जसरी ढलेको देखेपछि प्रहरीले तत्काल उद्धार गरेर अल्का अस्पताल लगेको छ’उपत्यका प्रहरी कार्यालय प्रमुख सानुराम भट्टराईले भने, ‘अब वीर अस्पताल लैजाने तयारी छ ।’ वीर अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।