बुधबार, मंसिर ५ गते २०८१

बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान

बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान

अखबार दैनिक
मंगलबार, साउन २३ २०८०
  • बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान

    मकवानपुर । बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर(४  लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरानचतरा सडक) को केही भाग कटान गरेको हो ।

    images

    लगातारको वर्षाका कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका  जोड्ने बागमती पुल नजिकैको सडक कटान गरी बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    बाढी नदी किनार रहेका घरहरूमा समेत पसेको छ । बाढी आएपछि त्यस स्थानमा रहेका ६ घरका मानिसहरू अन्यत्र सरेकाले कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    बाढीले सडक कटान गरेपछि यस सडक खण्ड भएर चल्ने ठुला सवारीसाधनहरू बाटो मै रोकिएका छन्  । मोटरसाइकलसम्म आवतजावत गर्न सक्ने अवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ