आइतबार, जेठ ६ गते २०८१

विमानभित्र सुतिरहेका थिए धोनी, एयर होस्टेसले लुकेर यस्तो काम गरिन्; भड्किए प्रशंसक

विमानभित्र सुतिरहेका थिए धोनी, एयर होस्टेसले लुकेर यस्तो काम गरिन्; भड्किए प्रशंसक

अखबार दैनिक
सोमबार, साउन १५ २०८०
  • विमानभित्र सुतिरहेका थिए धोनी, एयर होस्टेसले लुकेर यस्तो काम गरिन्; भड्किए प्रशंसक

    एजेन्सी - भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी निकै चर्चित छन् । यसै कारण प्रशंसकले मौका पाउने बित्तिकै उनीप्रति प्रेम र सम्मान देखाउन चुक्दैनन् । हालै उनीबारे एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जुन चर्चित बनेको छ । भिडियोमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । 

    images

    वास्तवमा धोनी विमानमा सुतिरहेका बेला एकजना एयर होस्टेसले उनको भिडियो रेकर्ड गरिन्, जबकी उनकी श्रीमती उनकै छेउमै बसेर मोबाइलमा केही हेरिरहेकी छिन् । तर भिडियो सार्वजनिक भएपछि धोनीको निजी जीवनमा बाधा पुर्‍याएको भन्दै उनका प्रशंसकले एयर होस्टेसलाई गाली गरिरहेका छन् ।

    एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले गोपनीयताको सम्मान गर्नुपर्छ । यदि कसैले उनको भिडियो बनाएको भए यो कुरा संयुक्त राष्ट्रसम्म पुगिसकेको हुन्थ्यो ।’

    अर्का प्रयोगकर्ताले एयर होस्टेसलाई गाली गर्दै भने, ‘के कसैले यी एयर होस्टेसलाई थप व्यावसायिक बन्न र उनको (धोनी) को निजतामा हस्तक्षेप नगर्न ज्ञान दिन सक्छ ?’

    यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘एयर होस्टेसले धोनी र उनकी श्रीमती साक्षीको निजतामाथि आक्रमण गरिरहेकी छिन्, जुन पूर्ण रूपमा गलत हो । ’ यसका साथै, एयर होस्टेसलाई जागिरबाट निकाल्नसमेत माग गरिएको छ । प्रयोगकर्ताले इन्डिगो एयरलाइनलाई ट्याग गर्दै लेखेको छ, ‘कसैको गोपनीयता भङ्ग गर्ने कर्मचारीलाई बर्खास्त गर ।’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार