मंगलबार, जेठ ८ गते २०८१

क्यान्सर उपचारका लागि कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना

क्यान्सर उपचारका लागि कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना

अखबार दैनिक
आइतबार, साउन १४ २०८०
  • क्यान्सर उपचारका लागि कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना

    काठमाडौं । ‘नक्कली प्रचण्ड’ बनेर दर्शकलाई हँसाउँदै आएका अभिनेता घनश्याम गौतम यतिबेला क्यान्सरसँग संघर्ष गरिरहेका छन् । लामो समयदेखि पेटको समस्याले ग्रसित उनी उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा शुक्रबार भर्ना भएका छन् ।

    images

    दुई महिनादेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । सुरुमा पेटको समस्या भएको अनुमान गरेर आयुर्वेदिक उपचार गर्दै आएको उनले बताए । तर पछिल्लो समयमा खाना नरुच्ने र पटकपटक दिसा लाग्ने समस्या भएपछि काठमाडौं मेडिकल कलेजमा परीक्षण गराउँदा उनलाई क्यान्सर पुष्टि भएको थियो ।

    चिकित्सकका अनुसार उनमा ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएको हो । उनको अहिले अस्पतालकै आईसीयू उपचार कक्षमा राखेर उपचार भइरहेको छ । रोगलाई जित्न आफूलाई शुभेच्छाको खाँचो रहेको उनले बताएका छन् । बिरामी परेपछि उनको गाईजात्राको तयारी रोकिएको छ ।

    अभिनेता गौतम अस्पताल भर्ना भएको खबर बाहिरिएपछि कलाकाहरुर उनलाई भेट्न अस्पताल पुगिरहेका छन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले गौतमको उपचारमा सघाउन संस्था तयार रहेको बताए ।

    नक्कली प्रचण्डको भूमिकामा गौतमले लामो समयदेखि टेलिभिजन र स्टेजमा अभिनय गर्दै आइरहेका छन् । २०७२ सालको भूकम्पमा घाइते भएको बेला वर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गौतम निवास भक्तपुरको कटुन्जेमा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार