मंगलबार, मंसिर ४ गते २०८१

बागमती प्रदेशसहित उपत्यकामा सवारी भाडा घट्यो

बागमती प्रदेशसहित उपत्यकामा सवारी भाडा घट्यो

अखबार दैनिक
बिहीबार , साउन ११ २०८०
  • बागमती प्रदेशसहित उपत्यकामा सवारी भाडा घट्यो

     काठमाडौं : बागमती प्रदेशसहित उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ। बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो। 

    images

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको बागमती प्रदेश सरकार,श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव तिर्थराज भट्टराईले जानकारी दिए।

    आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २ दशमलव ३० प्रतिशतले घटेको हो। यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३ दशमलव १८ प्रतिशतले घटेको छ भने प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३ दशमलव २६ प्रतिशतले घटेको छ।

    विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ। मन्त्रालयका प्रदेश सचिव भट्टराईले घटेको उक्त भाडादर आज(बिहिबार) बेलुकासम्ममा राजपत्रमा प्रकाशित गर्ने जानकारी दिए। इन्धनको मूल्य घट्यो तर उपत्यकामा गाडी भाडा घटाउन सरकार ‘मौन’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार