काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ अन्तरगतको खेलमा यूएई ‘ए’ ले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
यसअघिको खेलमा पहिले ब्याटिङ गर्दा टोलीले राम्रो प्रदर्शन गरेको बताउँदै यूएईले सो निर्णय लिएको जानकारी दिएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूले टस जितेको भए पनि ब्याटिङ गर्ने निर्णय गर्ने बताए । यूएईको टोलीलाई २ सय २० रनभित्र समेट्न सके नेपालका लागि राम्रो हुने उनको भनाई थियो ।