काठमाडौँ । आजदेखि लक्ष्मी बैंक र सनराई बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । दुई वाणिज्य बैंक आपसमा गाभिएर लक्ष्मी सनराईज बैंक बनेका छन् । लक्ष्मी बैंक र सनराईज बैंक १ः १ को अनुपातमा आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरमा जानका लागि बैंकहरुले जेठ ८ गते सहमति गरेका थिए भने असार असार ३ गते बसेको वार्षिक साधारणसभाबाट मर्जर स्वीकृत गरेका थिए । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने लक्ष्यसहित लामो समयदेखि मर्जरलाई प्राथमिक्तामा राख्दै आएको छ ।
दुई बैंक मर्ज भएर एकीकृत कारोबार सुरु गरेपछि चुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यसअघि लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड र सनराइजको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी थियो । केन्द्रीय बैंकले यही वर्षको असार मसान्तसम्म मर्जरमा जाने बैंकहरुलाई छुट सुविधा घोषणा गरेको छ ।