काठमाडौं : देशका ८ जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ परेका छन्।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट लागूऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३२ वर्षीय रामसिंह मोक्तानलाई सोबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको हात्ति गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक मोक्तानलाई पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-३ कैलाशपथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय हिमाल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो।
कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ६ स्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-१ ब्लक नम्बर ७ बस्ने २६ वर्षीय शंकर खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
झापा, मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २० वर्षीय विशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिका बस्ने २७ वर्षीय निकाश अधिकारी, मेचिनगर नगरपालिका-७ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन्। प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी झापा, मेचिनगर नगरपालिका-१३ फुलबारी टोल बस्ने २५ वर्षीय तुलसी राजवंशीलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलिबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ बिपिचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-४ बस्ने १९ वर्षीय प्रकाश परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
रौतहट, गौर नगरपालिका-२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका-१ बस्ने १२ वर्षीय बालकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछाप दोरम्बा गाउँपालिका-७ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो।