बुधबार, मंसिर १२ गते २०८१

साउनको सोमबार व्रत बस्दा ध्यान दिने कुराहरु

साउनको सोमबार व्रत बस्दा ध्यान दिने कुराहरु

अखबार दैनिक
मंगलबार, असार २६ २०८०
  • साउनको सोमबार व्रत बस्दा ध्यान दिने कुराहरु

    एजेन्सी । साउनमा धेरैजसो महिला व्रत राख्ने गर्छन् र भगवान शिवको पूजाआजा गर्छन् । आउनुहोस् जानौं साउनमा व्रत बस्दा कस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ –

    images

    – साउनको सोमबार व्रतमा मैदा वा पिठोले बनेको कुनै पनि चीज नखानुहोस् । यो अनाज मानिन्छ, जो व्रतमा खानु हुँदैन ।

    – यस व्रतका क्रममा बेसन वा सातु खानबाट पनि बच्नुपर्छ । चना तथा चनाबाट बनेको चीजहरु पनि अनाजको श्रेणीमा आउने गर्छ ।

    – व्रतका क्रममा फलफूलको सेवन अति उत्तम मानिन्छ । फलफूलमा तपाईं केरा, स्याउ, अनार, नासपती, अंगूर, सुन्तला आदि खान सक्नुहुन्छ ।

    – साउनको सोमवारे व्रतमा फलफूलबाहेक साबुदानाको खीर, दुध, सादा मही, दही, पनीर आदि पनि खान सकिन्छ । ध्यान दिनुहोला, चामलको खीर वा सेवईंको खीर खानु हुँदैन ।

    -कैयौं व्यक्ति व्रतमा कालो नुन वा ढिका नुनको सेवन गर्छन् । यदी तपाईंले यस्तो नुनबाट बनेको भोजन गर्न चाहनुहुन्छ भने साबुदानाको खिचडी बनाएर खान सक्नुहुन्छ ।

    – सोमबारको व्रतमा तपाईं आलूबाट बनेका जेरी, लौकाको हलुवा आदि पनि बनाएर खान सक्नुहुन्छ ।

    – कुनै पनि व्रत होस् आफूलाई हाइड्रेड रहन एकदमै जरुरी हुन्छ । त्यसका लागि पानी, फलफूलको जुस आदिको सेवन गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार