बुधबार, कात्तिक ७ गते २०८१

‘जवान’ टिजर : धमाकेदार एक्सन र दोहोरो भूमिकामा शाहरुख

‘जवान’ टिजर : धमाकेदार एक्सन र दोहोरो भूमिकामा शाहरुख

अखबार दैनिक
सोमबार, असार २५ २०८०
  • ‘जवान’ टिजर : धमाकेदार एक्सन र दोहोरो भूमिकामा शाहरुख

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खान ‘पठान’को सफलतापछि एट्ली निर्देशित आगामी फिल्म ‘जवान’मार्फत दर्शकमाझ आउँदैछन् । यो प्रतीक्षित फिल्मको सोमबार निर्माताले प्रिभ्यु टिजर सार्वजनिक गरेका छन् ।

    images

    दुई मिनेट १२ सेकेण्ड लामो टिजरमा धमाकेदार एक्सन पस्किइएको छ । प्रिभ्यु हेर्दा लाग्छ ‘जवान’मा शाहरुखको चरित्र कति डरलाग्दो र भयंकर छ भन्ने अनुमान गर्न सकिन्छ । फिल्मको पोस्टरले यसअघि नै चर्चा बटुलिसकेको थियो । पोस्टरमा शाहरुख पूर्णतया ब्यान्डेजले बेरेको देखिएका छन् । अब प्रिभ्युले चर्चा बटुलेको छ ।

    फिल्मको प्रिभ्युमा शाहरुखलाई सशक्त संवाद डेलिभरी गरेको रुपमा देख्न सकिन्छ । टिजरमा उनी भन्छन्, ‘जब म खलनायक बन्छु तब मेरो अगाडि कोही हिरो टिक्न सक्दैन ।’ यो संवाद निकै शक्तिशाली छ । फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा छिन् । ‘जवान’को प्रिभ्युमा उनी रातो साडीमा एक्सन गरिरहेको देखिएकी छिन् । जहाँ नयनतारा प्रहरी अफिसरको भूमिकामा छिन् । विजय सेतुपातीको विशेष भूमिका छ ।

    ‘जवान’मा शाहरुखको दोहोरो भूमिका छ । करिब २२० करोड भारु बजेटमा बनेको ‘जवान’ मूलतः हिन्दीमा बनेको भए पनि भारतभर अन्य भाषामा पनि रिलिज हुनेछ । फिल्म श्रीकृष्ण जन्माष्टमीको दिन भदौ २१ गते रिलिज हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ