बुधबार, कात्तिक ७ गते २०८१

युट्युबमा रुचाइयो धुर्मुस-सुन्तलीको फिल्म ‘मत मर्छु कि क्या हो’

युट्युबमा रुचाइयो धुर्मुस-सुन्तलीको फिल्म ‘मत मर्छु कि क्या हो’

अखबार दैनिक
आइतबार, असार २४ २०८०
  • युट्युबमा रुचाइयो धुर्मुस-सुन्तलीको फिल्म ‘मत मर्छु कि क्या हो’

    काठमाडौँ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को वेव फिल्म ‘मत मर्छु कि क्या हो’ दर्शकले रुचाएका छन् । गत २६ जुनमा युट्युब मार्फत सार्वजनिक फिल्मले अहिलेसम्म २ मिलियन भन्दा बढी भ्यूज पाउन सफल भएको छ । ४१ हजार बढी लाइक र १२ सय बढीले फिल्म प्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

    images

    फिल्म हेरिसकेपछि दर्शकले धुर्मुस सुन्तली अब पहिले झैँ अभिनयमा फर्किनुपर्ने बताएका छन् । उनीहरुले पहिले झैँ धुर्मुस सुन्तली हेर्न चाहेको बताएका छन् ।

    चितवनको आसपासमा छायाङ्कन भएको फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मूभिज’मा पनि राखिएको थियो । फिल्ममा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय छ ।

    सुदिप बरालको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको लेखन निर्देशन धुर्मुस  र सुन्तलीले मिलेर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ