काठमाडौँ। काठमाडौँको लाजिम्पाटमा रहेको चर्चित मिठाई पसल आँगनले बिक्री गरेको मिठाईमा किरा फेला परेको छ । शुक्रबार सोह्रखुट्टे निवासी सरोज धितालले एक उच्च पदस्थ व्यक्तिलाई कोसेलीका रुपमा दिन सो मिठाई लागेका थिए ।
धितालका अनुसार आँगनले प्याक गरेर दिएको मिठाइको डब्बा मध्ये एक खोल्दा ढुसी परेको देखिए पछि अरुपनि खोलेर हेरेका थिए । त्यस क्रममा केहीमा किरा परेको थियो भने अधिकांश मिठाईमा ढुसी फेला परेको थियो।
उनले किरा परेको मिठाई आँगन स्विटमा फिर्ता गर्न ल्याएपछि त्यहाँ ठूलो भिड लागेको थियो । काठमाडौँको विभिन्न स्थानमा धेरै वटा आउटलेट खोलेर पसल संचालन गरिरहेको आँगनले यस्तो मिठाई बिक्री गर्दा समेत सरोकारवाला निकायहरू मौन छन् ।