बुढीगण्डकी हाईड्रोपावर प्रा लि द्वारा प्रवर्द्धन गर्ने लागिएको सुपर माछाखोला जलविधुत आयोजना ४.६ मे वा र नेपाल विधुत प्राधिकरण (NEA) विच विधुत खरिद बिक्रि संझौता (PPA) सम्पन्न भएको छ ।
गोरखा जिल्ला धार्चे गाउपालिकामा निर्माण गर्न लागिएको यस आयोजना को नेतृत्व NRNA सचिव सफल ब्यबसायि खगेन्द्र न्यौपाने , अष्ट्रेलियमा ब्यबसाय गर्ने समाजसेवि जोन घले , युकेमा ब्यबसाय गर्ने ईन्द्र ढकालसमेतले गर्नु भएको छ । संचालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल रहनु भएको छ यो टिमले यस अघि सोहि क्षेत्रमा बिकाश हाईड्रो पावर कम्पनि लिमिटेडले निर्माण गरेको ४.५ मेघावार्डको आयोजना RCOD Date भन्दा ६ महिना पहिल्यै नै सफलतापूर्वक सम्पन्न गरी RCOD समेत गरिसकेको छ ।
आयोजना को बित्तिय ब्यबस्थापन गरि चांडै नै निर्माण कार्य सुरू गर्ने तयारी रहेको र निर्माण कार्य करिव ३ बर्षमा नै सक्ने लक्ष्य राखियको संचालक सदस्य सरोज धितालले जानाकारी गराउनु भयो।
यस आयोजना बनाउन देश बिदेशमा रहेका नेपालिले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाईड्रो सम्पन गर्न सकेको हो हामिले साना आयोजनामा मात्र लगानि गरिरहेकोमा अब निकट भविष्यमा नै १५ मेघावार्ड भन्दा माथि ५०/ १०० मेघावार्डको आयोजना बनाउने गरि तयार गरेका छौ जलबिधुत नै नेपालको भबिष्य हो यसमा क्रान्ति नै गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ अष्ट्रेलियाबाट जोन घलेले भने हाईड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेछ त्यस्तो टिमवर्क हामिमा छ ।
यस अघि निर्माण सम्पन्न गरि सफलतापुर्वक हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा म्यानेजिङ डाईरेक्टर कृण्ण घिमिरे , संचालक सरोज धिताल सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसक्नुभएको छ ।