बुधबार, कात्तिक ७ गते २०८१

‘मुटु खाने भो’मा दिवान्सी र दुर्गेशको अभिनय

‘मुटु खाने भो’मा दिवान्सी र दुर्गेशको अभिनय

अखबार दैनिक
बिहीबार , असार २१ २०८०
  • ‘मुटु खाने भो’मा दिवान्सी र दुर्गेशको अभिनय

    काठमाडौँ । पल प्रकरणमा विवादित भएको कारण केही समय अभिनयबाट हराएका गायक तथा मोडल दुर्गेश थापा फेरि अभिनयमा सक्रिय हुन थालेका छन् । उनका एकपछि अर्को गर्दै म्युजिक भिडियो आउने क्रम बढ्न थालेको छ ।

    images

    यस्तैमा जया छन्त्याल पुन र नवीन रानाको स्वर रहेको गीत ‘मुटु खाने भो’मा पनि दुर्गेशको अभिनय छ । भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडियोले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेमकथा पस्किएको छ । 

    प्रल्हाद सुवेदीको शब्द रहेको गीतको सङ्गीत छ शिव कनौजे मगरले गरेका हुन् । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ रहेको गीतको भिडियो मौसम हिमालीले गरेका हुन् । भिडियोको राजेश घिमिरेको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ