सोमबार, मंसिर ३ गते २०८१

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

अखबार दैनिक
बुधबार, असार १३ २०८०
  • सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

    काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।  तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ