काठमाडौ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।
गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो ।