शनिबार, जेठ ५ गते २०८१

‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

अखबार दैनिक
बुधबार, जेठ ३१ २०८०
  • ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

    काठमाडौँ । साउदी अरबको मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ ।  

    images

    बुधबार (आज) मुस्लिम आयोगले न्युज एजेन्सी नेपालसँग प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो । 

    नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।  

    परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ । आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताए ।   

    सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौ ८ देखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक/एक जना प्रतियोगी सहभागी हुनेछन् । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार