शनिबार, मंसिर १ गते २०८१

केरलामा पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय

केरलामा पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय

अखबार दैनिक
शुक्रबार, जेठ ५ २०८०
  • केरलामा पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय

    पाँच वर्षीय बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ। 

    images

    केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

    विशेष अदालतले कैद बाहेक तीन÷तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

    पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरूलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार