शनिबार, मंसिर १ गते २०८१

रुसले जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने

रुसले जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने

अखबार दैनिक
बिहीबार , वैशाख २८ २०८०
  • रुसले जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका गरेका छन् । 

    images

    सो आदेशअनुसार  जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५  देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ। 

    यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुनेछैन।

    त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ, जुन सन् २०१९  जुलाई  ८ मा लागू भएको थियो । 

    राष्ट्रपति पुटिनले दुई देशबीच बढेको तनाबका कारण रुससबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएका थिए ।-(रासस-सिन्ह्वा)  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार