काठमाडौं । चीनले मदिरा सेवन गर्नेहरूकाे लत छुटाउन एक अनाैठाे प्रविधि बनाएको छ । मदिराकाे लतले निराश भएका व्यक्तिलाइ यसबाट मुक्त बनाउने दाबी गर्दै चिनले एक ‘चिप’काे निर्माण गरेकाे हाे ।
चीनले दाबी गर्दै आएको छ कि यो ‘चिप’बाट सर्जरी गर्ने व्यक्तिलाई मदिराको ‘प्यास’ लाग्ने छैन । यसकाे परिक्षण गर्न उक्त ‘चिप’लाई ३६ वर्षिय एक व्यक्तिकाे मस्तिष्कमा फिट गरेर सर्जरी गरिएकाे छ । जो करिब १० बर्ष देखि मदिराको कुलतमा फसेका थिए । कुलतबाट निराश भएका लिउब नाम गरेका ती व्यक्तिले यो सर्जरि गर्ने निधो गरेका हुन् ।
‘चिप’ले कसरी काम गर्छ ?
सबैभन्दा पहिले ‘चिप’लाइ मस्तिष्कमा फिट गरेर र सर्जरी गरिन्छ । याे सर्जरी केवल पाँच मिनेटकाे हुन्छ । फिट गरिएको ‘चिप’ले मस्तिष्कमा ‘नेलट्रेक्सन’ नामको एक केमिकल तयार गर्छ । नेलट्रेक्सन एक यस्तो पदार्थ हो जो मदिराको लत छुटाउनका लागि प्रयोग गरिन्छ। उक्त नेलट्रेक्सनलाई शरिरले शोस्ने छ र मस्तिष्कमा रहेका ‘टार्गेट रिसेप्टर’ले सन्देश पाउँनेछन् । र यसाे हुँदा मदिरा पिउने मन लाख्ने छैन । एकपटक मस्तिष्कमा राखिएपछि यो ‘चिप’ले पाँच महिनासम्म काम गर्ने छ ।
मदिराको कुलत छुटाउनकालागि यो ‘चिप’वाला उपाय सफल भयो भने निकै फाइदाजनक हुने बताइएको छ । खासगरि चिन, भारत, नेपाल जस्ता देशका लागि जहाँ मदिरा सेवनको बिगबिगि छ । एक रिपोर्टका अनुसार मदिराका कारण चिनमा सबैभन्दा धेरैको मृत्यु हुने गरेको छ ।
त्यस्तै मदिरा सेवनको हिसाबले सेशेल्स विश्व कै पहिलो देश अन्तरगत पर्छ । यसकाे दोस्रोमा युगांडा र तेस्रोमा लिथुवानिया, चौथोमा जर्मनिको नाम आउँछ ।