मंगलबार, जेठ ८ गते २०८१

राष्ट्रिय कविता महोत्सवको सूचना: किन आगो ओकले साहित्यकारहरूले ?

राष्ट्रिय कविता महोत्सवको सूचना: किन आगो ओकले साहित्यकारहरूले ?

अखबार दैनिक
मंगलबार, वैशाख १९ २०८०
  • राष्ट्रिय कविता महोत्सवको सूचना: किन आगो ओकले साहित्यकारहरूले ?

    काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवसँगै अभिन्न अंगको रूपमा जोडिएको छ, राष्ट्रिय कविता महोत्सव । यसै क्रममा आगामी असार ९ गते आफ्नो ६६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन प्रतिष्ठानले वैशाख १४ गते सार्वजनिक सूचना जारी गर्‍यो । 

    images

    यसै सूचनालाई सार्वजनिक गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सामाजिक सञ्जालमा लेखे– “सबैको प्रज्ञा प्रतिष्ठान भन्ने सानो र सामान्य नाराभित्र साझा स्वामित्वबोधको प्रत्याभूति गराउने उद्देश्यका साथ यस पटकदेखि ‘राष्ट्रिय कविता महोत्सव’को अविच्छिन्न परम्परालाई थोरै विच्छिन्न बनाइएको छ ।”

    उनले कविताको परम्परागत प्रतियोगितात्मक ढाँचालाई समावेशी सहभागितामूलक बनाइने पनि उल्लेख गरेका छन् । प्रतियोगिताको तजबिजी खेल बन्द गरेर नेपालका सबै भाषा / मातृभाषामा लेखिएका कविताहरूलाई उत्तिकै स्थान दिइने प्रतिबद्धता जनाएका छन् । यी आदि अभ्यासमार्फत कार्यक्रमलाई साँच्चैको ‘राष्ट्रिय’ र साँच्चैको ‘महोत्सव’ बनाउने कोसिस हुनेछ, उनले लेखेका छन् ।  तर, कुलपति भूपाल राई नेतृत्वको प्रज्ञा प्रतिष्ठानको यो निर्णयप्रति धेरै साहित्यकारले विरोध गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् । 

    nepal-pragya-pratisthan_79cmd3ygK5.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार