शनिबार, जेठ ५ गते २०८१

युवतीको चरित्रहत्या गर्ने युवक साइबर ब्युरोको फन्दामा

युवतीको चरित्रहत्या गर्ने युवक साइबर ब्युरोको फन्दामा

अखबार दैनिक
बिहीबार , वैशाख ७ २०८०
  • युवतीको चरित्रहत्या गर्ने युवक साइबर ब्युरोको फन्दामा

    काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ । पीडित युवतीले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल हराएपछि युवकले भेटेको मोबाइल प्रयोग गरेर प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्ने गरेपछि ब्युरोमा निवेदन परेको थियो ।

    images

    सोही निवेदनमा प्रहरीले रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ५ का २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको हो । उनलाई रोल्पाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालत काठमाडौँबाट ७ (सात) दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार