सोमबार, भदौ ३१ गते २०८१

आर्टमान्डूको ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

आर्टमान्डूको ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, चैत २४ २०७९
  • आर्टमान्डूको ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

    काठमाडौँ । ‘के माया लाग्छ र’, ‘घुमिघुमी’ र ‘तीन पाते’ जस्ता गीत दिएको आर्टमान्डूले नयाँ गीत ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक गरेको छ । ट्याक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्ने गीतमा एक नारायण भण्डारीको शब्द, आशिष् अविरलको स्वर तथा सङ्गीत रहेको छ ।

    images

    गीतको भिडियोमा सम्राट् थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय छ । भिडियो नवीन चौहानले निर्देशन गरेका हुन् । पाँचथर, इलाम लगायतका मनोरम स्थानमा भिडियो छायांकन भएको छ ।

    जीवनमा अधिकतम बाँच्न, हाँस्न, नाच्न जानेका मजेदार पात्रमाथि भिडियो निर्माण गरिएको निर्देशक चौहान बताउँछन् । आर्टमान्डूले यसपछि ‘अटो गीत’ सार्वजनिक गर्ने तयारीमा छ । निर्देशक चौहान अहिले भिडियोपछि फिचर्ड फिल्मको तयारीमा जुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ