शुक्रबार, मंसिर १४ गते २०८१

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

अखबार दैनिक
बुधबार, चैत २२ २०७९
  • पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

    अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।  न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

    images

    अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा उनी आफ्ना कानुन व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।

    वासिङ्गटन डिसी । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ