सोमबार, भदौ ३१ गते २०८१

चलचित्र 'बुलाकी' को ट्रेलर सार्वजनिक

चलचित्र 'बुलाकी' को ट्रेलर सार्वजनिक

अखबार दैनिक
शुक्रबार, चैत १७ २०७९
  • चलचित्र 'बुलाकी' को ट्रेलर सार्वजनिक

    हे मै छोरी जन्मिनु होइन

    images

    धान पहेँलै मकै सेता

    गर्भमै मरि जानु भिनाजु

    घुम कर्णाली फर्कि यता

    सुदूरपश्चिमको ठाडी भाका गुन्जिएसँगै सुरु हुन्छ फिल्म ‘बुलाकी’ को ट्रेलर। सुरक्षा पन्तले गाएको यस ठाडी भाकाले नै बोक्छ फिल्मको कथा। नेपालको पश्चिमी क्षेत्रमा महिला के कस्ता पीडा भोगिरहेका छन्? ट्रेलरले यस्तै पीडा र बेदना पोख्छ।  

    बिहीवार सार्वजनिक भएको ‘बुलाकी’ को ट्रेलरले नि:सन्तान महिलाले भोग्नुपरेको पीडा र अर्कै पुरुषसँग बिहे गरेको प्रसंगलाई समेटेको छ। श्रीमती अर्केसँग भागेपछि श्रीमानमा आएको बदलाको भावना र जारी प्रथाको कथा ट्रेलरले भन्छ।

    लक्ष्मण सुनार निर्देशित यस फिल्ममा टोपेन्द्र विष्टले लगानी रहेको छ। फिल्ममा सुरक्षा पन्तका साथै नरेन खड्का, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री लगायतका कलाकारको अभिनय छ।

    छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा दिंवगत मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन्। फिल्मको कथा निर्देशक सुनारसहित, बिराज बिष्ट, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन्।

    डोल्पा, जाजरकोट र रुकुम पश्चिमका विकट स्थानहरुमा खिचिएको यो फिल्म आगामी नयाँ वर्ष अर्थात वैशाख १ गते रिलिज हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ