शनिबार, जेठ ५ गते २०८१

डलर साट्ने भन्‍दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

डलर साट्ने भन्‍दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

अखबार दैनिक
शुक्रबार, चैत १७ २०७९
  • डलर साट्ने भन्‍दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

    १७ चैत, काठमाडौं। काठमाडौं उपत्यकामा चारभन्दा बढी स्थानमा डलर साट्ने बाहानामा लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुरको बालकोट बस्‍ने २८ वर्षीय भिम बहादुर तमाङ रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।

    उनले उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न व्‍यक्तिहरुलाई फोनमार्फत डलर साटिदिने भन्‍दै ३० लाख ५० हजार रुपैयाँ ठगी गरेकफ प्रहरीको आरोप छ ।  साथै उनले यसअघि पनि  नक्कली सुन देखाई ५ लाख रुपैयाँ ठगी गरेको घटनामा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार