शुक्रबार, मंसिर ७ गते २०८१

आईपीएलको ओपनिङ्ग सेरेमोनीमा बलिउडकि चर्चित अभिनेत्री रश्मिका र तमन्नाले प्रदर्शन गर्ने

आईपीएलको ओपनिङ्ग सेरेमोनीमा बलिउडकि चर्चित अभिनेत्री रश्मिका र तमन्नाले प्रदर्शन गर्ने

अखबार दैनिक
बिहीबार , चैत १६ २०७९
  • आईपीएलको ओपनिङ्ग सेरेमोनीमा बलिउडकि चर्चित अभिनेत्री रश्मिका र तमन्नाले प्रदर्शन गर्ने

    इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं संस्करण शुभारम्भ ३१ मार्च शुक्रबारदेखि हुँदैछ । सोहि दिन ओपनिङ्ग सेरेमोनी पनि हुनेछ । उक्त ओपनिङ्ग सेरेमोनीलाई भब्य बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) अहिले विशेष तयारीमा जुटेको छ ।

    images

    आईपीएलको ओपनिङ्ग सेरेमोनीमा बलिउडका चर्चित अभिनेत्री रश्मिका मन्दना र तमन्ना भाटियाले प्रदर्शन गर्ने भएका छन् । त्यस्तै कट्रिना केफ, टाइगर श्राप र अरजित सिंहले पनि उद्घाटन समारोहमा प्रदर्शन गर्ने बताइएको छ ।

    आईपीएलको ओपनिङ्ग सेरेमोनी ३१ मार्च, शुक्रबार हुनेछ । विभिन्न कारणले लामो समयदेखि आईपीएलको ओपनिङ्ग सेरेमोनी हुन सकेको थिएन् । त्यसैले बीसीसीआई यो पटक ओपनिङ्ग सेरेमोनी भब्यताका साथ गर्ने योजनामा छ ।

    ओपनिङ्ग सेरेमोनी सकिए लगत्तै सोहि दिन आईपीएलको पहिलो खेल चेन्नई सुपर किङ्ग र गुजरात जाएन्ट्सबिच हुनेछ । उद्घाटन समारोह र पहिलो खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । यी दुई टोलीबिचको उद्घाटन खेल ३१ मार्च नेपाली समयानुसार ७ः४५ बजे देखि हुने छ ।

    आईपीएलको १६ औं संस्करणमा नयाँ नियम लागु गरिने भएको छ । नयाँ नियम अनुसार अब दुवै टोलीले टसपछि प्लेइङ्ग ११ को घोषणा गर्न पाउने भएका छन् या अनुमति दिईने छ ।

    त्यस्तै यो संस्करणदेखि ‘इम्पेक्ट प्लेयर’ को पनि शुभारम्भ हुनेछ । यो नियम अनुसार अब प्रत्येक टोलीले ४ जना खेलाडी स्थान्तरण गर्नको लागि नाम पठाउन पाउने छन् । ती चारजना मध्य प्रत्येक टोलीले एक जना मात्र उपयोग गर्न पाउने छन् ।

    त्यस्तै आईपीएलमा सहभागि टोलीले डीआरएसको प्रयोग गर्दै वाइड र नो बलको अपिल समेत गर्न पाउने भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ