मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएको गोरखापत्र दैनिकले समाचार छापेको छ
