काठमाडौं । काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ। विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा आराधना गरी यो पर्व मनाउने गर्छन्। यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्ने क्रममा वसन्तपुरमा राष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए।
