काठमाडौं : ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ।
यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ।
एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन्। यस्तै इन्दु बर्माले ५१ रनको अर्धशतकीय इनिङ खेलिन्।
सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो। कोशीका लागि अलिसा खडियाले १ विकेट लिइन्।
अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो। कोशीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।