शुक्रबार, मंसिर १४ गते २०८१

उत्तर कोरियाले पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार, जापानले गर्यो पुष्टि

उत्तर कोरियाले पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार, जापानले गर्यो पुष्टि

अखबार दैनिक
सोमबार, चैत १३ २०७९
  • उत्तर कोरियाले पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार, जापानले गर्यो पुष्टि

    एजेन्सि ।  उत्तर कोरियाका तानाशाह किम जोङ सुध्रिने नाम लिइरहेका छैनन् । उत्तर कोरियाले सोमबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । समाचार रिपोर्टहरूका अनुसार, दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने कि सेनाले मिसाइलको उडान दूरी र अपोजी सहित सान्दर्भिक विवरणहरूको विश्लेषण गरिरहेको छ।

    images

    एक स्थानीय समाचार एजेन्सीले उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण यस्तो समयमा भएको बताएको छ जब प्योङयाङले गत हप्ता सुरु भएको दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाद्वारा जारी सैन्य अभ्यासको कडा विरोध गरेको छ। अमेरिका–दक्षिण कोरिया अभ्यास अप्रिल ३ मा सकिँदैछ ।

    यसै क्रममा जापानी प्रधानमन्त्रीको कार्यालयले पनि मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ । जापानको प्रधानमन्त्रीको कार्यालयले एक ट्वीटमा उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ । थप विवरण आउन बाँकी छ। गत हप्ता उत्तर कोरियाले पानीमुनि परमाणु आक्रमण गर्न सक्ने ड्रोन परीक्षण गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार